चैत १६, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।
आइतबार विहानसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ७९ जना बढीको मृत्यु भएको हो ।
६ लाख ६३ हजार ७ सय ४० बढी मानिस संक्रमित भएका छन् । यसमध्ये १ लाख ४२ हजार १ सय ८३ बढी निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस