विप्लव नेकपाका २ नेता अदालतको गेटबाटै पुन: पक्राउ


माघ १४, रूपन्देही । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई बुटवलस्थित उच्च अदालतले रिहाको आदेश दिएपनि प्रहरीले अदालतको गेटबाटै पुन गिरफ्तार गरेको छ ।

मंगलबार नेताद्वय बालकृष्ण शर्मा र प्रदिप बहादुर वलीलाई प्रहरीले उच्च अदालतको गेटबाट पुन पक्राउ गरेको हो ।

दाङमा असोज २९ गते समातिएका २१ जना विप्लवका नेतामध्य २ जनालाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरेको थियो भने रिहा लगत्तै प्रहरीले पुन पक्राउ गरि नवलपरासी लगेको थियो ।

नवलपरासीमा प्रहरीलाई अभद्र ब्यवहार गरेको मुद्दा दायर गरिएको थियो । नवलपरासीमा गरिएको मुद्दा झुटा र थुना गैरकानुनी रहेको भन्दै डिल्लिबहादुर वलिले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए ।

रिटमाथी वादीको तर्फबाट बरिस्ठ अधिवक्ता तेजप्रसाद कडेल, बरिस्ठ अधिवक्ता दिल बहादुर सहानी, वरिष्ठ अधिवक्ता प्रदिप धिताल, अधिवक्ता ज्ञानु के सि, अधिवक्ता कुल बहादुर डागीले बहस गरेका थिए ।

रिटमाथी सुनुवाइ गर्दै मुख्य न्यायाधीश बाबुराम रेग्मी र दुर्गाबहादुर विकको संयुक्त इजलासले अभद्र ब्यवहारको मुद्दा विश्वास लायक नरहेको भन्ने कारण भन्दै थुनामुक्त गर्न आदेश दिएका थिए । उनिहरुलाई असोज २९ गते पक्राउ गरेको थियो, उनिहरुलाई दाङमा राज्य विरुद्धको मुद्दा लगाई धरौटी तिर्नासाथ माघ ८ गते पुन पक्राउ गरि नवलपरासी पुर्याएको थियो ।

६८ दिन दाङ स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा ३० दिन तुल्सिपुर कारागार, ६ दिन नवलपरासीको हिरासतमा हुँदै मङ्गलबार पुन पक्राउ गरि रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा लगेको छ ।

अदालत परिसरमा छोटो प्रतिक्रिया दिदै बन्दी बालकृष्ण शर्मा र प्रदिप वलिले राज्यसत्ताले दमन गरेरै क्रान्तिकारिहरुलाई सिद्दाउन नसक्ने भन्दै बैज्ञानिक समाजवाद प्राप्तिको लागि यात्रा निरन्तर रहने बताए ।

२०७६ माघ १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको