पुस ११, बाजुरा । माओजयन्तीको अवसरमा बाजुरा कारगारमा रहेका आस्थाका बन्दीहरुले माओ जन्मदिवश मनाएका छन् । बाजुरा कारागारमा रहेका प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले शनिबार जेलभित्रै १२८औं माओ जयन्ती मनाएका हुन्, इरातो खबरमा लेखिएको छ।
प्राप्त समाचार अनुसार बन्दीहरुले रुसका क्रान्तिनायक जोसेफ स्टालिनको जन्मउत्सब पनि माओ जयन्तीसंगै मनाएका छन् । गएको १८ डिसेम्बरका दिन स्टालिनको १४१ औँ जन्मदिवश परेको थियो ।
धर्मराज सुनार ‘धिरेन्द्र’को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा चुडामणि वली ‘आदर्श’ रहेका थिए भने उक्त कार्यक्रमलाई अम्लाल थापा ‘आशिष’ले संचालन गरेका थिए । शहिदको स्मरण स्वरूप मौनधारण गर्दै सुरु भएको कार्यक्रममा राजेश कुमार शाहीले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चुडामणि ओली ‘आदर्श’ले चिनियाँ साँस्कृतिक क्रान्तिका नायक माओत्सेतुङको स्मरण गर्दै विप्लबको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले मात्रै माओले देखाएको नौली जनबादी क्रान्ति सम्पन्नगरि बैज्ञानिक समाजबाद – साम्यवादसम्म पुर्याउने मार्गलाई रहेको बताए । माओले परिकल्पना गरेको साम्याबादी ब्यबस्थालाइ चीनमा समेत प्रतिगामीहरुले संसोधन गरेर, उनको बिचारलाई पुजिबादमा पतन गराएको आदर्शको भनाई थियो ।
अल्पबिकशित देश चीनमा मजदुरहरुको आन्दोलनद्वारा माओले नयाँ जनबादी क्रान्ति हुँदै समाजबादी क्रान्ति सम्पन्न गरेको तर शासक देङ स्याओ पिङ हुँदै हालका चिनियाँ राष्ट्रपति सी जिङपिङले माओको विचारधारालाई पुजिबादमा पतन गराउदै माओत्सेतुङले प्रतिउत्पादन गरेको समाजबादी व्यबस्थाको मार्गदर्शनलाई तोडमोड गरेको नेता ओलीले बताएका थिए ।
नेपालको राष्ट्रिय राजनीतिमा सत्तामा रहेका कम्युनिष्ट नाउँका पार्टीहरुले माओको नौलो जनबाद – साम्यवाद क्रान्तिको मार्गलाई भुलेकै कारण बहुमत पाएका कम्युनिष्टहरु भागबण्डामा अल्झीएको टिप्पणी गरे । सत्तारुढ दलहरुले कम्युनिष्टको चरित्र हत्या गरेको बताउदै माओले देखाएको क्रान्ति मार्ग भुल्दा आफुलाई खाँटी कम्युनिष्ट ठान्ने प्रचण्ड ओलीहरु आज बिदेशी दलालहरुको गोटी बनेर देशलाई अस्थिरता तिर लैजान लागेको आरोप नेता आदर्शले लगाएका थिए ।
माक्स, लेनिन र माओद्वारा जनबादी क्रान्तिका लागि प्रतिपादन गरेका आधारभूत सिद्दान्तलाई अनुसरण गरेको एकमात्र पार्टी नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा रहेको दावी गरेका थिए । नेपालमा एकीकृत क्रान्तिको अनिवार्यता झनै स्पस्ट हुँदै गएको समेत जिकिर गरेका थिए ।
चिनियाँ साँस्कृतिक क्रान्तिका नायक माओत्सेतुङको जन्म सन १०९३ डिसेम्बर २६ मा भएको थियो । उक्त दिनलाई माओजयन्तीको रुपमा संसारभर मनाउने प्रचन रहेको छ । यसरी नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न स्थानमा माओलाई स्मरण गर्दै जन्मदिवश मनाई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस