एक महिनाका लागि स्थगित भयो नेकपा केन्द्रीय कमिटी बैठक


कात्तिक १२, काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन् ।

कोभिड-१९ को महामारीका कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ । केन्द्रीय कमिटि बैठक मंसिर १५ देखि १७ सम्म बस्ने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस विज्ञप्ति 

२०७७ कार्तिक १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको