भोलिदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने


कात्तिक १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए ।

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।

उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो । स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो ।

२०७७ कार्तिक १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको