रोल्पामा लडेर एक जनाको मृत्यु


कात्तिक १२, रोल्पा । रोल्पामा गएराति लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. २ उमा घर भइ स्थानीय धवलडाँडामा किराना पसल गर्ने ६३ बर्षीय दलबहादुर पुनको लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पुन गएराति सवा ९ बजेतिर आफ्नै पसलको ढोका बाहिर अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरी घटनास्थल पुगेर पुनको उद्धार गरि उपचारका लागि दाङतर्फ ल्याउँदै गर्दा उनको साढे १० बजेतिर बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए।

छोरा शेरबहादुर पुन मगरका अनुसार उनका बुवा दमका विरामी थिए। ‘उहाँ लडेर बेहोस भएको जस्तो देखिन आएको छ,’ प्रहरी निरिक्षक खड्काले भने ‘घटनाबारे अनुसन्धान भने जारी नै छ ।’

तर परिवारका सदस्यले भने उनको ह’त्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमको लागि होलेरी अस्पतालमा राखिएको छ।

२०७७ कार्तिक १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको