देशभर आज कस्तो रहला मौसम ?


कात्तिक १२, काठमाडौं । हाल पहाडी भूभागमा आंशिक बदली रहेपनि देशका अन्य बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाएको छ ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहनेछ ।

यसैगरी बिहीबार र शुक्रबार पनि मौसम केही स्थानमा बदलीबाहेक सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

२०७७ कार्तिक १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको