काँग्रेसले गंगादेव गाउँपालिकाको आय-व्यय विवरण माग्यो, नदिए आन्दोलन गर्ने चेतावनी


असोज १२, रोल्पा । नेपाली काँग्रेस गंगादेव गाउँपालिका रोल्पाले स्थानीय सरकार समक्ष विनियोजित सम्पूर्ण आय व्ययको विवरण उपलब्ध गराउन मागगर्दै ज्ञापनपत्र बुझाएको छ । प्रतिपक्षदल नेपाली कांग्रेस गंगादेवको स्थानीय छाँया सरकार प्रमुख हरि बहादुर पुन द्वारा हस्ताक्षरित १४ बुँदे ज्ञापनपत्रमा स्थानीय तहको सम्पूर्ण आय-व्ययको बिवरण उपलब्ध गराउन माग गरिएको हो ।

आर्थिक बर्ष २०७४-०७५ देखि २०७६-०७७ सम्मको विनियोजित बजेटको आय-व्यय विवरण र योजना विवरण उपलब्ध गराउन अपिल गरिएको छ, भने आर्थिक बर्ष २०७७-०७८ को विनियोजित बजेटको विवरण उपलब्ध गराउन आग्रह गरिएको छ ।

त्यसैगरी कोभिड १९ को खर्च विवरण, पहिरोले गरेको क्षतिमा स्थानीय सरकारको भूमिका, गाउँपालिकाको जग्गा खरिद र भवन निर्माणको खर्च विवरण, भाँगाचौर खेल मैदान जग्गा खरिद र खर्च विवरण खुलाउन जोडदाररुपमा माग गरिएको छ । गाउँपालिकाको आन्तरिक मालपोत तथा राजश्व र अन्य आम्दानि खर्चको स्रोत नखुलाइएको र पुँजीगत बजेट भन्दा चालु बजेट बढी हुनगई चालु बजेटबाट कार्यक्रमको नाममा गाउँपालिकामा अनियमित खर्च भएको आरोप लगाएको छ ।

काँग्रेसको स्थानीय छाँया सरकारले स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अनियमित काज बिना टिए-डीए भत्ता खुवाउने गरेको र अनियमित सवारीसाधन चलाई दुरुपयोग गरेको आरोप लगाएको छ भने, लोक सेवाबाट पदपूर्ति भएकालाई हटाएर अस्थाई कर्मचारीहरुलाई फाँटको प्रमुख बनाएको, कुनै कर्मचारीलाई २-३ वटा फाँट दिएको र कसैलाई कुनै फाँटको जिम्मा नदिएको ज्ञापनपत्रमा उल्लेख छ ।

छाँया सरकारका बुँदागत मागमा हालसम्म कुनै सुनुवाई नभएको जनाउदै नेपाली काँग्रेस गंगादेव गाउँपालिका सभापति दीपेन्द्र बहादुर डाँगीले अब चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले पोष्टपाटीसंग भने ‘अहिले सम्म स्थानीय सरकारले कुनै पनि प्रतिक्रिया नदिई बेवास्ता गरिरहेको छ, यस्तै अबस्था रहिरहे चरणबद्ध आन्दोलन गर्छौ, गाउँपालिकामा तालाबन्दी हुन सक्छ ।’

यस्तो छ ज्ञापन पत्र 

 

१२ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको