असोज १२, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ब’ला’त्कार घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई पनि मतियारको रूपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन्।
ब’ला’त्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधि मण्डल र बझाङ जिल्लाका जनप्रतिनिधि मण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बला’त्का’रजस्तो ज’घ’न्य अप’राधमा मिलापत्र गराउनु ठूलो अप’राध भएको बताए।
उनले यस्तो मिलापत्र गराउनेलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकपरे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संशोधन गरिने बताए।
उनले ब’ला’त्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवे’दनशील र ग’म्भीर रहेको बताए।
सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बला’त्का’रका घटनामा संलग्न अधिकांश आ’रोपीहरू प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलापत्र गराउने कार्यमा संलग्न समेतलाई कारबाही अघि बढाइएको बताए।
ज्ञापनपत्र बुझाउँदै अनेमसंघकी संयोजक अमृता थापाले पछिल्ला दिनमा महिला हिंसा र बला’त्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन्।
प्रतिक्रिया दिनुहोस