देशभर थपिए १ हजार ३५१ कोरोना संक्रमित, ७४२ जना डिस्चार्ज


असोज १२, काठमाडौं । सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ ।

यस दिन १० हजार ८० जनाकाे पिसिआर परीक्षण भएकाे छ । सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ छ ।

२०७७ आश्विन १२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको