नेपाल आइडल सिजन ३ मा सज्जा चौलागाई विजयी


भदौं १२, काठमाडौं । ‘नेपाल आइडल सिजन ३’ को उपाधि सज्जा चौलागाईले हात पारेकी छन् ।

आफ्ना २ प्रतिस्पर्धी प्रविण बेडवाल र किरण कुमार भुजेललाई हराउँदै बर्दियाका चौलागाईले टाइटल उपाधि हात पारेकी हुन् ।

 

नेपाल आइडलको विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट पहिलो रनरअपको उपाधि बर्दियाका प्रविण बेडवालले हात परेका छन् ।

 

त्यसैगरी आइडलको सेकेन्ड रनरअप महोत्तरी बर्दिवासका किरण कुमार भुजेलले हात पारेका छन् ।

चौलागाईले उपाधिसहित ५० लाख रुपैयाँ प्राप्त गरेकी छन् भने बेड्वाल र भुजेलले क्रमसः १५ लाख र पाँच लाख नगद प्राप्त गरेका छन् ।

नेपाल आईडलका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि निर्णायकसहित सबै आईसोलेशनमा गएपछि अन्त्यमा अन्नपूर्ण मिडिया नेट्वोर्कका अध्यक्ष रामेश्वर थापाले विजेता घोषणा गरेका थिए ।

यसअघि पहिलो ‘नेपाल आइडल’को उपाधि बुद्ध लामाले हात पारेका थिए, भने  ‘नेपाल आइडल सिजन २’ को उपाधि रवि ओडले हात पारेका थिए ।

१२ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको