काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि


भदौ १२, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै देशभर ९२७ जना संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् ।

आजमात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ ।

 

१२ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको