देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि


भदौ १२, काठमाडौं । शुक्रबार देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ।

१२ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको