दाङमा एक साता निषेधाज्ञ गर्ने कोरोना संकट व्यवस्थापन समितिको निर्णय [विज्ञप्ति]


भदौ १२, दाङ । कोरोना संक्रमण रोकथामका लागि दाङमा भदौ १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरिने भएको छ ।

शुक्रवार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति दाङको बैठकले भदौ १४ गते राति १२ वजेदेखि भदौ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गर्ने निर्णय भएको समितिका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । निषेधाज्ञाका क्रममा अत्यावस्यकीय सेवाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको हो ।

उनअनुसार निशेधाज्ञाका क्रममा जिल्लाभर सार्वजनिक यातायात, वजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि गतिविधि गर्न पाइने छैन ।

यसैगरी होटेल, रेष्टुराँ, खाजा घर, सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त वैंक तथा वित्तिय संस्थाहरुबाहेक सवै बैंकिङ सेवा बन्द गरिनेछ । अत्यावस्यकीय सरकारी कार्यालयहरु सञ्चालन गर्ने र थोरै कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गरिने प्रजिअ रिजालले जानकारी दिए ।

बैठकले २१ गतेपछि पनि जिल्लाको अवस्था विश्लेषण गरी जिल्ला प्रशासन कार्यालय दाङले निशेधाज्ञा थप एक हप्ता बढाउनसक्ने निर्णय गरेको हो ।

यो अवधिमा कोरोना संक्रमण फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गरी परीक्षणको दायरा बढाउने निर्णय समेत गरिएको छ ।

हेर्नुस विज्ञप्ति

१२ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको