कोरोनाले साँच्यो भने आउँला


कोरोनाले साच्यो भने आउनेछु फर्केर
प्रदेसी छोरो बाकसमा आए नरुनु धर्केर

बिश्वनै आतन्कित छ चोखो कोहि छैन यो बेला
प्रदेसी भुमिबाट सकेको छैन म आउन फर्केर

बृद्ध, बालकहरुलाई छिट्टै अट्याक गर्छ भन्छन
बुढा, बुवाआमा, बालबच्चा बस्नु है महामारीसंग तर्केर

घरदेखी बाहिर ननिस्कनु स्वास्थ्यको ख्याल गर्नु
चाडपर्व घर भित्रै मनाउ २ मिटर को दुरि राखेर

लक्षमण जि सि
पाल्पा राम्पुर न. पा. ४

१२ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको