पूर्वमन्त्री सुनील थापासहितका १४ नेता कांग्रेसमा प्रवेश


साउन १३, काठमाडौँ । पूर्वमन्त्री सुनील थापासहितका १४ नेता कांग्रेसमा प्रवेश गरेका छन् । पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरासमेत रहेका थापा आफ्‍नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ रहेका छन। उनीहरुसँगै ३१ नेताले राप्रपा परित्याग गरेको भएपनि कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता मात्रै पार्टी प्रवेश गरेका हुन् ।

अन्य नेता कार्यकर्ता जिल्लाबाटै प्रवेश गर्ने काँग्रेस बताइएको छ । आज पार्टी प्रवेश गर्नेसबैलाई पार्टी कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् ।

२०७७ श्रावण १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको