आजपनि बढ्यो सुनको मूल्य, प्रतितोला ९८ हजार नाघ्यो !


साउन १३, काठमाडौं | नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ | आज सुन प्रतितोला ९८ हजार २ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ |
सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज सात सयले बढेर ९८ हजार २ सय पुगेको हो | जुन हालसम्मकै उच्च हो |

यस्तै चाँदीको मूल्य पनि बढेको छ | चाँदी आज प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

किन बढ्यो दिनदिनै सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको महासंघले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण सुरक्षित लगानीको क्षेत्र भन्दै लगानीकर्ताले लगानी गर्न थालेपछि मूल्य निरन्तररुपमा उकालो लाग्दै आएको छ । व्यवसायीका अनुसार सुनलाई सुरक्षित लगानी मानिन्छ ।अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाउँदा मूल्य बढ्नु गएको व्यवसायीको भनाई छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्रलाई नै शिथिल बनाएको छ । यस्तै हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको शाक्यको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघको दाबी छ ।

२०७७ श्रावण १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको