परिवारको हत्या गर्ने धम्कि दिँदै बालिकामाथि बलात्कार, युट्युबर शिवाकोटी जेल चलान


साउन १३, काठमाडौं । काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा चिनाउने अर्जुन शिवाकोटीलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।

प्रहरीका अनुसार शिवाकोटीले अनेकौं धम्कि दिँदै बालिकालाई एक वर्षअघिदेखि यौन शोषण गर्दै आएको पाइएको छ ।

२०७७ श्रावण १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको