गंगादेव गाउँपालिका अध्यक्षद्वारा कृषकलाई ३० हजार कागतीको बिरुवा निशुल्क बितरण


असार १४, रोल्पा । गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रीद्वारा कृषकलाई निसुल्क कागतीका बिरुवा बितरण गरिएको छ । गंगादेव गाउपालिका कृषि बिकास शाखाको आयोजनामा गाउपालिका अध्यक्ष वीर बहादुर खत्री, उपाध्यक्ष रिता घर्ती, २ नम्बर वडा अध्यक्ष भुपाल दमाइ, कृषि बिकास शाखा प्रमुख टिकाराम वलीको उपस्थितिमा वडा नम्बर २ र ५ का १६० घर कृषक लाई ५० का दरले सानडाडामा ८००० कागतिका बिरुवा बितरण गरिएको छ ।

वडा नम्बर ३ साबिक जिनाबाङ घरबिर, घोप्टेओढार र डाँडाखुट्टिका १६५ घरलाई ३००० हजार बिरुवा बितरण गरिएको छ भने वडा नम्बर ४ का ११७ घर किसानलाई ७५०० बिरुवा बितरण गरिएको छ ।

त्यसैगरी भोलि गंगादेव गाउपालिका वडा नम्बर ६ का ४६ घरलाइ २३००, वडा नम्बर ७ का १०० घरलाइ ५००० र पृथ्वीनारायण मा.बि.लाइ ५०० बिरुवा बितरण गरिने कृषि बिकास शाखा प्रमुख टीका वलीले जानकारी दिनु भएको छ । गाउपालिकाको कृषि बिकास शाखाको कागती पकेट क्षेत्र निर्माण कार्यक्रमको ६ लाख बजेटबाट सबै वडाका ६०० कृषकलाई ३० हजार कागतिका बिरुवा निशुल्क बितरण गरिने गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले जानकारी दिनु भएको छ ।

२०७७ असार १४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको