सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ? हेर्नुहोस्


असार १४, काठमाडौं | नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ | आज सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भैरहेको छ | शुक्रबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ

२०७७ असार १४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको