विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, कति पुगे मृतक ? हेर्नुहोस्


असार १४, काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् | यो समाचार तयार पार्दासम्म विश्वभर १ करोड ८२ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ |

गत डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको यो भाइरसबाट विश्वभर ५ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् | यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख १ हजार ३०८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भइसकेको वल्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ |

हालसम्म कुल संक्रमितमध्ये ५४ लाख ५८ हजार ५२३ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ४१ लाख २२ हजार ७८२ जना उपचाररत छन् | जसमध्ये ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ |

कोरोना भाइरसबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ | अमेरिकामा यो समाचार तयार पार्दासम्म २५ लाख ९६ हजार ५३७ जनामा यो भाइरस संक्रमण भएको छ भने १ लाख २८ हजार १५२ जनाले ज्यान गुमाइसकेका छन् |

अमेरिकापछि ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन, पेरु लगायत देशहरु बढी प्रभावित छन् |

सूचीमा हेर्नुहोस् कोरोना संक्रमणबाट प्रभावित २० देशहरु :

२०७७ असार १४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको