दाङमा छटपटाई रहेकी महिलाको वडाध्यक्षले गरे उद्धार, सिटी हस्पिटलको निःशुल्क उपचार


बैशाख १६, दाङ । बसपार्क निवासी सुकलाल परियारले सोमवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहलाई एकजना महिला कोठामा एक्लै छटपटाइरहेको भन्दै फोन गरे ।

सुकलालले त्यसरी वडाध्यक्ष शाहलाई फोन गर्नुको कारण थिइन ७ बर्षीया बालिका सिम्रन पुन । परियारको घर नजिकै कोठामा बस्ने सिम्रन आएर उनलाई मामा मेरो आमालाई बचाई दिनुहोस् भन्दै गुहार माग्न आउनु ।

सिम्रनको घर सल्यान जिल्लाको दार्मा गाउँपालिकामा छ । २३ बर्षीया संगिता पुन उनकी आमा पाठेघरको बिरामी हुन् । जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । त्यही भएर चैत ११ गते लकडाउन सुरु हुनुपूर्व नै उनी तुलसीपुर झरेकी रहिछन् । बसपार्कमा कोठा भाडामा लिएर उनका भाइ बस्दै आएका थिए ।

तर यही बीचमा उनकी भाइबुहारी सुत्केरी भएको हुँदा संगीताका भाइ पनि सल्यानस्थित घरतर्फ लागे । कोठामा आमा संगीता र छोरी सिम्रन मात्रै भए । यो बीचमा उपचार पाउने आशामा राप्ती प्रादेशिक अस्पताल पुगिन । उपचारमा संलग्न चिकित्सकले संगीतालाई अप्रेसन गर्नुपर्ने बताए । तर त्यसको लागि पहिला रकम जोहो गरेर मात्रै आउन भने । अस्पतालले भनेको रकम गरिब तथा सहाराविहीन संगीताले जोहो गर्न सक्ने अवस्थै थिएन ।

वडाले उपलब्ध गराएको १५ किलो चामलले बाँचे । संगीता जति पीडा भएपनि सहन बाध्य थिइन । सहयोग गर्ने कोही थिइन । कलिलै उमेरमा गाउँकै एक युवासँग अन्तरजातीय विहे गरेकी संगीताका पतिले सिम्रन जन्मिएपछि सम्पर्कविहीन छन् । विहेपछि पतिसँगै उनी कामको खोजीमा भारत गएकी थिइन । सिम्रन शल्यक्रियाबाट जन्मेकी हुन् । माइतीको आर्थिक अवस्था कमजोर । घर परिवारको साथ थिएन ।

तुलसीपुर पनि लकडाउन अगाडि मात्रै झरेकी उनलाई तुलसीपुर बिरानो थियो । त्यसैले उनी पीडामा छटपटाउँदै आएकी थिइन । संगीतालाई सोमवार बिहानैदेखि खप्न नसक्ने गरी पीडा भयो । आमा छटपटाएको ७ बर्षीया छोरी सिम्रनले टुलटुलु हेरेर कति ञ्जेल बस्न सक्थिन् । सिम्रन बाहिर निस्केर स्थानीयलाई आमाको जीवन बचाई दिन याचना गर्न थालिन् ।

एउटा अवोध बालिकाको पुकारा तत्कालै स्थानीय सुने । त्यो खवर वडा अध्यक्ष शाहसम्म पु¥याए । अनि तत्कालै शाह आफै गाडी लिएर संगीता कहाँ पुगे । उनले तत्कालै उद्धार गरेर तुलसीपुर सिटी हस्पिटलमा संगीतालाई पु¥याए । सामान्य उपचार मात्रै थिएन । अप्रेसन नै गर्नुपर्ने कुरा थियो । खर्चको प्रबन्ध गर्नु सजिलो थिएन । तर प्रयास गर्न असंभव पनि हँुदैन । त्यसमाथि महंगा निजी हस्पिटल । ६० देखि ७० हजारसम्म खर्च लाग्न अनुमान भयो ।

वडा अध्यक्ष शाहले हस्पिटल सञ्चालक समितिका पदाधिकारीसँग कुरा गरे । त्यसमध्येका एक थिए, अर्जुन न्यौंपाने । उनले शल्यक्रिया गर्ने चिकित्सकसँग पनि अनुरोध गरे । चिकित्सक निःशुल्क उपचार गर्न राजी भए । त्यसपछि हस्पिटलले लाग्ने खर्च व्यहोर्ने निर्णय ग¥यो । मंगलबार बिहान शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा. शेखर थापा नेतृत्वको टिमले संगीताको सफल अप्रेसन ग¥यो । डा. थापाका अनुसार संगीताको दाहिने डिम्वाशयमा रगत जमेर सिष्ट बनिसकेको थियो ।

महिलाको डिम्वाशयमा अण्डा बन्ने र फुट्ने चलिरहन्छ । त्यही क्रममा कहिलेकाही रगत जमेर सिष्ट बन्ने गर्छ । संगीतालाई पनि त्यही भएको थियो । उनको डिम्वाशयमा बनेको सिष्ट ह्यामरेज भएर पाठेघरमा इन्फेक्सन सुरु भइसकेको थियो । अप्रेसन गरेर चिकित्सकको टोलीले सिष्ट निकालेर ओभरीको रिकन्स्ट्रक्सन गरेको डा. थापाले बताए । यो जटिल प्रकृतिको शल्यक्रिया नभएपनि समयमै उपचार नभए बिरामीको मृत्यु हुने खतरा रहन्छ ।

अस्पतलका अनुसार अझैं उनलाई त्यहाँ कम्तिमा पनि ४ दिनजति राख्नुपर्ने छ । त्यसअघि वडा अध्यक्ष शाहले उपचार खर्च व्यहोर्ने भन्ने थियो । तर अन्त्यमा आएर तुलसीपुर सिटी हस्पिटलले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफै व्यहोर्ने निर्णय गरेको छ । अप्रेसनपछि संगीताले स्वास्थ्य लाभ लिइरहेकी छन् । संगीताले उनलाई अस्पताल पु¥याउने को हो ? भन्ने चिनेकी छैनिन् । उपचार खर्च कसले व्यहोर्ला भन्ने पनि थाहा छैन । तर उनले आफूलाई अस्पताल पु¥याइदिने व्यक्तिलाई भगवानको संज्ञा दिइन ।

‘म पीडामा छटपटाउँदा आफन्त र नातागोता कोही काम लागेनन्,’ संगीताले आँशु पुछ्दै भनिन् ‘नचिनेका तुलसीपुरका मानिसले मलाई घरकै अभिभावकजस्तै गरी अस्पताल ल्याएर उपचार गरिदिनु भयो । उहाँ जो हुनुहुन्छ मेरो लागि भगवान समान हुनुहुन्छ ।’ हामीले संगीतालाई उपचारमा लाग्ने सम्पूर्ण खर्च हस्पिटलले व्यहोर्ने कुरा सुनाएपछि उनको अनुहार भरि खुसी नाचेको देखिन्थ्यो ।

२०७७ बैशाख १६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको