नेपाल एयरलायन्सको जहाज दुर्घटना [फोटोफिचर]


चैत १५, काठमाडौं । नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ ।

शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अधिकारीले बताएका छन् ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ । उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

१५ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको