रोल्पाको लिवाङमा ग्लोबल आइएमई बैकं लकडाउन अबधिभर दैनिक ३ घण्टा खुल्ने


चैत १५, रोल्पा । ग्लोबल आइएमई बैकं लिबाङ शाखा लकडाउन अबधिभर १० बजेदेखि १ बजेसम्म ३ घण्टाका लागि खुलिरहेको छ ।

शााखा प्रबन्धक प्रविण आचार्यका अनुसार सरकारले लकडाउन घोषणा गरेपनि बैकं अत्यावश्यक सेवा क्षेत्र भित्र पर्ने र सहजताको लागि केही समय भएपनि खोल्दा सबैलाइ राहत हुने भएकोले खोलिएको जानकारी दिए ।

चेक साट्न, रेमिट्यान्सबाटको पैसा निकाल्न, पैसा जम्मा गर्न सकिने भएकोले उक्त समयावधिमा शाखामा सम्पर्क राख्न उहाले जानकारी दिए । साथै बैकंमा नै आएर कारोबार गर्नु भन्दा डिजिटल कारोबारमा जोड दिन उनको आग्रह छ ।

लिबाङमा रहेको एटिएम बुथ भने खुल्ला नै रहेको छ । डिजिटल कारोबार अन्तरगत मोबाइल बैकिंग, इन्टरनेट बैकिंग, एटिएम प्रयोग आदि रहेका छन । स्मरण रहोस लिबाङ शाखा अन्तरगत हाल घर्तिगाउमा एक्सटेन्सन काउन्टर रहेको छ । उक्त काउन्टरपनि यो अवधिमा १०-१खुल्ला रहेको छ ।

कोरोना संक्रमण नरहोस भन्न बैकं प्रवेश गर्दा स्यानिटाइजर अनिवार्य प्रयो गर्नुपर्छ । शाखामा रहेको एटिएम पनि पटकपटक सफा गरिएको बैकंले जनाएको छ । आफुले जतन गरि बैकंमा राखेको पैसा अत्यावश्यक सामान खरिद गर्न घरखर्च चलाउन यो बेला आवश्यक पर्न सक्छ त्यसैले यो बेलामा हामिले सेवा पनि त दिनुपर्यो नि – शाखा प्रबन्धक आचार्य भन्छन ।

हाल राष्ट्र बैकंले डिजिटल कारोबारको सिमा पनि बढाएकोले यसको फाइदा लिन पनि उनको सुझाव छ । हाल मोबाइल बैकींगबाट दैनिक १ लाख र मासिक १० लाख इन्टरनेट बैकिंगबाट दैनिक १० लाख र मासिक ५० लाख सम्म रकमान्तर गर्न सकिन्छ ।

आचार्यले सुरक्षित कारोबारको लागि सबैमा आग्रह समेत गरेका छन् । १० देखि १ बजे बाहेक ५ बजेसम्म अतिआवश्यक परेको खण्डमा सिधै बैकंका शाखा प्रबन्धक आचार्यको मोबाइल नंबर ९८४१५०५०१० मा सम्पर्क गर्न पनि सकिनेछ ।

१५ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको