चैत्र १५, काठमाडौँ । कोरोनाको संक्रमण तीव्र भए पछि अमरीकमा अचानक बेरोजÞगारहरुको संख्या ह्वात्तै बढेको छ । ३० लाख भन्दा बढी मानिसले बेरोजगार रहेको भन्दै आफै पञ्जीकृत गराएका छन् ।
अचानक आएको यो रेकर्डले अमेरीकी अर्थव्यवस्था रातारात गहिरो संकटमा जादै गरेको देखिन्छ । सरकारको सटडाउनको आदेशले न केवल कारोबार अस्थायी रुपमा बन्द भएको छ बरु लाखौं अमेरीकीहरुको रोजगारी गुमेको छ । यीनीहरु मध्य यस्ता मानिस धेर छन् जो घण्टाका हिशाबले काम गर्दछन् र महिनै पिच्छे प्राप्त हुने पेचेकमाथि भर परेर जीवन चलाउछन् । जोसगँ कुनै बचत छैन ।
शेयर मार्केट तीव्र गतिमा घटेको छ । यसलाई हेरेर संसदले ईतिहासकै सबै भन्दा बढी आर्थिक सहायता प्याकेज घोषणा गरेको छ । यो हेर्न बाकीँ छ कि खरबौं डलरको यो राहत प्याकेजले यो संकटलाई सम्हाल्न सक्ला कि नसक्ला ? फेरी पनि एउटा कुरा के निश्चित छ भने जसरी कोरोनाको बिरामीले हजारौ अमेरीकीलाई चपेटामा पारेको छ त्यसै गरी अर्थव्यवस्था पनि बिरामी हुदै गएको छ । यसले लाखौं मानिसहरुको जीवन प्रभावित भईरहेको छ ।
बिरामी हुदै गरेको अर्थव्यवस्था
संसदले जस्तै ह्वाईट हाउसले पनि आउने आर्थिक सुनामीलाई देखेको छ । राष्ट्रपति ट्रम्प यस सप्ताहको सुरुवातमा कारोबार फेरी सुचारु गर्न उत्सुक छन् । यो अभिव्यक्ति उनको पहिलो अभिव्यक्तिको उल्टो छ । उनले शुरुमा भनेका थिए कि हरसंभव भाईरस प्रसार गर्नबाट रोक्ने कोशिस गरिने छ ।
हुनत ट्रम्पको लागि राजनीतिक वास्तविकता यो हो कि माहामारीबाट मृत्युको संख्या बढ्दै जादा अमेरीकी अर्थव्यवस्था गहिरो मन्दीतर्फ गईरहेको छ । यो दुई वटै कारणले आगामी राष्ट्रपति चुनावमा ट्रम्पका लागि संकट बन्ने छ । त्यसै पनि यो नसुल्झिएको क्षेत्र हो । तर पनि चुनाव हुने बर्षको शुरुमा अमेरीकी आर्थिक संकटमा जानु भनेको राष्ट्रपतिको राजनीतिक आशाका लागि गंभीर खतरा हो । जब समय खराब हुन्छ तब आर्थिक कठिनाईहरुले दोस्रो चिन्ताबाट ध्यान हटाउदछ ।
राष्ट्रपतिका लागि नागरिकहरुको केही समर्थन बढेको पनि छ । शायद यस कारणले कि बाहिरी खतराको सामना गर्न अमेरीकीहरु दुख भोग्न तयार छन् । यद्यपि, १९९० को खाडी युद्ध र सेप्टेम्बर ११ को हमला जस्तो संकटमा अमेरीकाका राष्ट्रपतिका लागि अहिलेको भन्दा धेरै समर्थन प्राप्त थियो । तर अर्थव्यवस्था लडखडाएका कारण दुईवटै मामलामा पछि त्यो समर्थन कम भएको थियो ।
राजनीतिक भविष्य निश्चित गर्ने खालको समर्थन
वल्र्ड ट्रेड सेंटर र ईराक युद्धको समयमा जर्ज डब्लु बुशले पाएको समर्थन चुनाव सम्म बनिरह्यो र उनले पुनः जीत्ने मौका पाएका थिए । त्यही उनका पिता जर्ज एच डब्लु बुशको मामला भने यति भाग्यशाली रहेन । किन भने खाडी युद्धका बेला मानिसले दिएको समर्थन चाडै नै कम भएको थियो ।
ट्रम्पले देशलाई पुनः काममा फर्काउन गरेको आव्हानलाई कन्जरभेटिभले दोहोर्याएको छ । उनीहरु अझै खुलेर बोलिरहेका छन् कि मानिसको जिज्दगी बचाउनका लागि यत्रो कदम उठाउनु ठीक छैन । किन भने यसले आम मानिसको आर्थिक कठिनाई बढाईरहेको छ । राष्टपतिको यो घोषणा आउने दिनमा कैयौ गभर्नर, रिपव्लिकन र डेमोक्रयाटस्का बीच मतभेदको कारण बन्न सक्ने छ । जसको हातमा राज्य छ र मानिसरुमाथिको प्रतिवन्ध कम गर्ने पक्षमा छैनन् । यद्यपि, टम्पको आर्थिक संकटका केही जिम्मेवारी राज्यका यीनै नेतामाथि थोपर्ने मौका प्राप्त हुनेछ ।
मेरो तरीकाबाट तपाईलाई दुखः भयो, तर पनि यो जरुरी थियो भन्नुको साटो उनले यो भन्नु सही हुन्छ कि तपाईले मेरोतरीका अनुसार गर्नु पर्ने थियो । यो संभावना छ टि ट्रम्पको समर्थन गर्ने केही गभर्नरहरुले राष्ट्रपतिको कुरा मान्नेछन् । जसले देशमा एक खालको विभाजन हुने छ ।
जस्तो मिसिसीपी राज्यका गर्भनरले भने कि यहाँ धेरै बिजनेश जरुरी छ त्यसै कारणले सोसियल डिस्टेन्सको मापदण्डमा छुट दिईनेछ । बुधबार राति ट्रम्पले ट्वीट गर्दै मिडियाहरुमाथि धावा बोलेर भने कि यीनीहरुले कारोबार बन्द गराउन दवाव दिईरहेका छन् । उनले खासमा मानिसहरु चाडो भन्दा चाडो काममा फर्कन चाहिरहेका छन् ।
यो आउने चुनाव ट्रम्पको दिमागमा घुमिरहेको छ भन्ने संकेत हो ।
ट्रम्पका प्रतिद्धन्दीले शुरुदेखि नै भाईरसको नियन्त्रण गर्न नसकेको भन्दै धावा बोलिरहेका छन् । प्रायोरीटी युएस एक्सन नामक एक स्वतन्त्र समुहले एउटा विज्ञापन बजाईरहेको छ जसमा अमेरीमाकामा कोरोनाको संक्रमणको चार्ट दखाईएको छ । जसमा ट्रम्पको एउटा अडियो बजिरहेको छ जसमा शुरुमा ट्रम्पले अमेरीकामा यो खतरा छैन भनेर खारेज गरिएको थियो ।
आर्थिक संकट केवल शुरुवात मात्रै हो
ट्रम्पको चुनावी अभियान टोलीले यो विज्ञापन रोक्न सूचना जारी गरकेो छ । उनीहरुले यसमा ट्रम्पको अभिव्यक्तिको गलत सन्दर्भमा देखाईएको छ । यद्यपि, यस्ता धेरै प्रमाणहरु छन् , जुन राष्ट्रपतिले शूरुवाती दिनमा कोरोना भाईरसलाई हलका रुपमा लिएका थिए ।
अब यो विज्ञापन राष्ट्रपतिले हटाउन पाउने छन् या छैनन् त्यो निश्चित छैन । यदी मेडिकल र आर्थिक क्षेत्रमा यो संकट अझ बढ्दै गए आउने दिनमा यस्ता विज्ञापन अझ प्रसारित हुनेछ । ३० लाख बढी अमेरीकी बेरोजगार छन् , अरु ३० लाख अमेरीकी कठिनाईबाट गुज्रिरहेका छन् । यो सबैले सत्ताको कुर्सी हल्लाउन सक्ने क्षमता राख्दछन् ।
संसदको सहायता प्याकेजले जनतालाई आर्थिक कठिनाई कम गर्ने उदेश्य राखिएको छ । तर बिहिबार आएको बेरोजगारीको नयाँ आकडाँले आर्थिक संकट केवल शुरुवात मात्रै भएको र यस्तो प्याकेजले काम गर्न नसक्ने देखाएको छ । अहिले के लागिरहेको छ भने राष्ट्रपतिले यो कुरा बुझेका छन् ।
-एथनी जर्चर, बिबिसी
प्रतिक्रिया दिनुहोस