कोरोना बिरुद्द गाउँ-गाउँमा माइकिङ गर्दै वडाध्यक्ष, भट्टाबाट फर्किनेलाई क्वारेन्टाइनमा


चैत्र १५, रोल्पा । कोरोना भाइरस सचेतनाका लागि रोल्पाका वडाध्यक्ष भरत बहादुर बुढा मगर माइकिङ गदै गाउँगाउँ डुलिरहेका छन् । रोल्पा माडी गाउँपालिका -५ भाबाङका वडाध्यक्ष बुढा सचेतनाका लागि गाउँगाउँ पुगेर कोरोना भाइरस बारे बुझाउदै घर भित्रै बस्न वा अरुसंग भेटघाट नगर्न माइकिङ गरिरहेका छन् ।

उनले लकडाउन उल्लंघन गर्नेहरुलाई सम्झाउनेसमेत गरेका छन् । उनले भने ‘हाम्रो वडाभित्र पर्ने गाउँगाउँमा पुगेर सचेतनामुलक सन्देश दिएका छौं । कतै लकडाउनको उल्लंघन गरेको देखियो, सम्झाई बुझाई गरेका छौं ।’

अध्यक्ष बुढालाई स्थानीय स्वास्थ्य चौकी इन्चार्ज रामप्रसाद केसी, स्वास्थ्यकर्मी स्टार केसी, प्रहरी चौकी इन्चार्ज असई रामप्रसाद केसीलगायतले साथ दिएका छन् ।

बाहिरबाट गाउँ आउनेलाई क्वारेन्टाइनमा राखिने 

बाहिरबाट आउने नागरिकहरुकालागी क्वारेन्टाइनको ब्यबस्था समेत गरेको अध्यक्ष बुढाले बताए । भाबाङ स्वास्थ चौकी र सामुदायिक स्वास्थ ईकाई केन्द्रमा गरि दुई ठाउमा क्वारेन्टाइनको ब्यबस्था गरेको उनले बताए । बाहिरबाट आवतजावतलाई निगरानी गरिरहेको छ ।

उनको वडामा दुईजना १५ दिन अघि साउदी र कतारबाट आएका थिए, उनीहरुलाई अहिलेसम्म कुनै समस्या नरहेको उनले बताए ।

१८ गत्तेपछि काठमाडौ इट्टा भट्टाबाट आउने सम्भावनालाई ध्यानमा राखेर उनीहरुलाई कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्नुपर्ने बुढाले बताए  । सुरक्षाका लागि नेपालमा भैरहेको लकडाउनलाई सरकारले अझै लम्ब्याए उत्तम हुने हुनेको भनाई छ ।

१५ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको