यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

फाइल तस्बीर

चैत १५, काठमाडौं । देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केही स्थानमा हल्का वर्षा भएकोछ।

शनिबार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति भने देशभरको मौसम सामान्यतया सफा रहने छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १६ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १७ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।

२०७६ चैत्र १५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको