‘खबपू’लाई कमेडी चेम्पियन बनाउन जुटे रोल्पाली, लिवाङमा भव्य स्वागत [फोटोफिचर]

फागुन १५, रोल्पा । नेपालको पहिलो रियालिटी सो कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल खड्गबहादुर पुन मगर ‘खबपू’लाई कमेडी चेम्पियन बनाउन रोल्पालीहरु लागिपरेका छन् ।

फाइनलको लागि भोट माग्न आएका ‘खबपू’लाई रोल्पाको सदरमुकाम लिवाङमा हजारौ समर्थकको साथमा भव्य स्वागत गरिएको हो । कमेडी चेम्पियनको ग्राण्ड फिनालेमा प्रवेश गरेपछि भोट माग्न खबपू गृहजिल्ला लगाएत आसपासका केहि जिल्लामा भोट माग्न हिडेका छन ।

उनले आज रोल्पा नगरपालिका लिवाङ र सुनिलस्मृति गाउँपालिकका सुलिचौरमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुतिसंगै भोट अपिल समेत गरेका छन् ।

भोट माग्न हिडेका खबपूसँग फ्यानहरुले सेल्फी लिन तछाडमछाड गरिरहेका छन् । उनले प्रस्तुति दिईरहँदा हजारौ दर्शकहरुको हाँसोको फोहोरा छुटेको थियो भने तालीले भव्य स्वागत गरेका थिए ।

यस्तै फागुन १७ गते रुकुमको सदरमुकाम खलङ्गामा र फागुन १९ गते आफ्नै गाउँ जेलवाङमा भोट माग्ने र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै फागुन २० गते रोल्पाकै सुनछहरी गाउँपालिकामा, फागुन २१ गते प्युठानमा र फागुन २२ गते बुटवलमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ । यस्तै फागुन २३ गते पाल्पामा, फागुन २४ गते पोखरामा र फागुन २५ गते काठमाडौँमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ ।

वाइल्ड कार्डबाट इन्ट्री गरेका अर्गानिक उपमा पाएका खवपु कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल भएका हुन् । उनले टप ४ बाट ग्राण्ड फिनालेमा प्रवेश गर्दा पनि सबैभन्दा धेरै भोट प्राप्त गरेका छन् । कमेडी चेम्पियनको ग्राण्ड फिनाले चैत १ गते हुने आयोजक समितिले जनाएको छ ।

खवपुलाई भोट गर्न नेपालबाट Esewa को App Download गरेर भोट गर्न सकिन्छ भने विदेशबाट Comedy Chempion को App Download गरेर भोट गर्ने सकिने छ ।

तस्बिर: डीबी बुढाथोकी, पोष्टपाटी, रोल्पा 

प्रतिक्रिया दिनुहोस