सरकार जनताप्रति संवेदनशील भएन: सहमहामन्त्री महत


माघ १४, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा. प्रकाशशरण महतले सरकार जनताप्रति संवेदनशील नभएको आरोप लगाएका छन।

उनले संघीय राजधानी देखि नजिकैको जिल्ला नुवाकोटको बाटोघाटोको अवस्था हेर्दा सरकार जनताप्रति कति उत्तरदायी छ भनेर प्रष्ट बुझ्न सकिने बताए ।

नुवाकोटको चौघडामा लिखु गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले बहुमतको स्थिर सरकार बनेको दुई बर्ष भैसक्दा पनि टोखादेखि नुवाकोटसम्मको बाटोको स्तरोन्नति नगरेको भन्दै आक्रोश ब्यक्त गरे ।

उनले सरकारले टोखादेखि नुवाकोट जाने बाटोको स्तरोन्नतिमा दुई करोड मात्रै छुट्याएको भन्दै दुई करोड पैसाले बाटोको कस्तो स्तरोन्नति हुन्छ भनेर सरकारलाई प्रश्न समेत गरे ।

चीन जोड्ने बाटोको हालत यस्तो छ, अनेत्रको बाटो हालत झन के होला ? उनले भने । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सुशासनको मामिलामा उल्टो दिशामा हिडिरहेको भन्दै सरकारलाई सच्चिन पनि महतले सुझाए ।

१४ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको