दाङका एक युवकको दुबईमा मृत्यु


माघ १४, दाङ । रोजगारको सिलसिलामा दुबै गएका दाङका एक युवकको मृत्यु भएको छ । दाङ बबई गाउँपालिका वडा नं. ५ बबरपुर निवासी ३५ बर्षीय सोमराज वलीको मृत्यु भएको हो ।

भवन निर्माण गर्ने क्रममा लडेर गम्भीर घाईते भएका वलीको उपचारको क्रममा आईतबार मृत्यु भएको हो । वली दुई बर्ष पहिले रोजगारको शिलसिलामा दुवै गएका थिए ।

यता मृतक वलीका श्रीमती खिमा वलीको गएको बैशाखमा रुखमा घाँस झार्न गएको बेला लडेर मेरुदण्ड भाचिएको छ । मृतक वलीका एक छोरा र एक छोरी रहेका छन ।

२०७६ माघ १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको