कृषि कर्ममा लागेका कसैलाई पनि निराश बनाउँदिन: कृषिमन्त्री भुसाल


माघ १४, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि कर्ममा लागेका कसैलाई पनि निराश नबनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कृषि क्षेत्रका विद्यमान समस्या र भावी दिनमा मन्त्रालयले गर्नुपर्ने कामबारे मंगलबार पत्रकारसंग छलफल गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्रालय सम्हालेपछि आफू सिक्ने र जान्ने क्रममै रहेको भन्दै मन्त्री भुसालले नतिजा देखिने गरी आफू छिट्टै सार्वजनिक रूपमा बोल्ने स्पष्टीकरण दिए । ‘म बोल्छु, छिट्टै बोल्छु कृषि कर्ममा लागेका कसैलाई पनि निराश नहुने गरी बोल्छु’ उनले भने ।

१४ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको