उदय सोताङको ‘घाम लागेन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा


माघ १४, काठमाडौं । टुबोर्ग ओपन सेसन्स् सिजन २ मा उदय सोताङको ‘घाम लागेन’ सार्वजनिक भएको छ ।

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

सबैको मन छुने गीत ‘घाम लागेन’ ले जिन्दगीको दुःखको बारेमा बताउँछ । गीतले जिन्दगीको अध्याँरो पक्षको वर्णन गर्दछ । २०१९ मा रिलिज भएको उक्त गीत ‘मन भोल. २’ बाट रहेको छ । टुबोर्ग ओपन सेसन्स्मा मनोज कुमार केसीले गीतको संगीत रिएरेन्ज गरेका छन् । उदय सोताङ नेपाली संगीत बजारमा निकै प्रचलित नाम हो ।

उनले करिब २०० भन्दा बढी गीतहरु लेख्नुका साथै कम्पोज गरेका छन् । उनकी पत्नी मनिला सोताङसँग मिलि सोताङ जोडिले हालसम्म १० वटा भन्दा बढी एल्बमहरु निकालेका छन् । उनीहरुले धेरै हिट नेपाली गीतहरु दिएका छन् ।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् ।

सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो ।

सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

१४ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको