तिमि किन आउनु ?


तिमि किन आउनु ?
म अपुर्ण भएका बेला,
म खालि भएका बेला,
मनमा पिटिक्कै शान्ति नभएका बेला,

तिमि किन आउनु?
छातिमा गहिरो दर्द लुकेका बेला
असिमित सपनाहरु नाचि मात्र रहेका बेला
अभावका यकयक टुक्राले
मलाई थिचिरहेका बेला

केहिपल यक्लै जित्न देउ मलाई
नआउ तिमि
साबित गर्न देउ मलाई
सिताले जस्तै सत्यता
आफनै पहिचानमा उभिएर
म जित्छु
म मेरै पहिचानको हत्या गरेर
कसरि बोलाउनु र तिमिलाई

म सधैँ असफल नै बनु भन्ने चाहाने
मैले सपना नै नदेखु भन्ने चाहाने,
मेरो प्रगति देखि डराउने
मेरा सपनाहरु मजबुत भएका बेला
म साहासि भएकाबेला,
तिमि आउनु

अहिले त के पो छ र म सँग?
सपना देख्न डराउने मष्तिष्क
र खालि हृदय बाहेक,
म राष्ट्रिय बनेका बेला
म मजबुत बनेका बेला
म आफैले आफैलाई
वाहा ! भन्न सक्ने बनेका बेला,
मेरा सपना भाड्न
भोलि तिमि आउनु

मलाई कमजोर साबित गरिदिन
म बलवान बनेका बेला,
मेरो शक्तिशालि सार्मथ्य तोड्न,
यउटा जिन्दगिको बिशेष युद्ध लड्न,
मलाई घृणा गर्नेले पनि
माया गर्न थालेका बेला ,
तिमि आउनु

मेरो व्यत्तिगत गरिमा बढेका बेला
म शरदको जुन झैँ हाँसेका बेला
बसन्तको फुल झैँ फक्रिएका बेला
तिमि आउनु

परन्तु ..
अहिले त मनमा यक ईन्च सफलता नै छैन ,
व्यर्थ तिमि किन आउनु ??
मेरो शक्तिशालि सार्मथ्य तोड्न,
यउटा जिन्दगिको बिशेष युद्ध लड्न,
मलाई घृणा गर्नेले पनि
माया गर्न थालेका बेला ,
तिमि आउनु

२०७६ माघ १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको