चीनमा पढ्ने नेपाली विद्यार्थीलाई उद्दार गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई बिद्यार्थीले बुझाए ज्ञापनपत्र


माघ १४, काठमाडौं । छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र ८१ जनाको मृत्युसमेत भइसकेको अवस्थामा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु आतंकित भएका छन् ।

चीनमा अध्ययनरत विद्यार्थीहरुले यसमा सरकार गम्भीर हुनुपर्ने बताउँदै उद्धारका लागि पहल गर्न आफ्नो देशको सरकार गुहारेका छन् ।
चीनमा विद्यावारिधि गरिरहेका विद्यार्थीहरु डम्बरबहादुर सुनार, कृष्णभक्त दुवाल, जगदिश्वर श्रेष्ठ र सुदनकुमार वलीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै वुहान क्षेत्रमा उल्लेखनीय मात्रामा नेपाली विद्यार्थीहरु रहेकाले उनीहरुलाई उद्धार गर्न माग गरेका छन् ।

‘यथाशीघ्र उद्धारको संयन्त्र तयार पारी नेपाली विद्यार्थीको स्वदेश फिर्तीको पहलकदमी लिनुहुन नेपाल सरकारसँग आग्रह गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ । चीनमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि सोही विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

२०७६ माघ १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको