गायिका आस्था राउत रिहा


माघ १४, काठमाडौं । गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रहरीलाई अनुमति दिएका थिए । राउतलाई थुनामा राखेपछि चौतर्फी प्रहरी संयन्त्रको दुरुपयोग भन्दै आलोचना समेत भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई (सोमबार) प्रहरीले पक्राउ गरेको थियाे।

प्रहरी महिलामाथि दुर्व्यवहार गरेको आरोप राउतलाई लागेकाे थियाे। आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिता श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धन गरिएकाे थियाे ।

२०७६ माघ १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको