माघ १४, दक्षिण कोरिया । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन आदर्श मगरको अध्यक्षतामा सौल दोङ्देमुनमा सम्पन्न भएको छ ।
बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन भएका छन् भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन् ।
शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरिएको छ ।
यस्तो छ कमिटिमा चयन हुनेहरूको नामावली
१. महासचिव – शितल बुढा मगर
२. प्रवक्ता – प्रकाश कार्की
३. सदस्य – आदर्श मगर
४. सदस्य – प्रकाशचन्द्र रतला
५. सदस्य – कुबेर न्यौपाने
६. सदस्य – आर के वस्नेत
७. सदस्य – सबराज शाही
८. सदस्य – दिपेश ओलि (डाइमण्ड )
९. सदस्य – बिकास ढकाल
१०. सदस्य – गोपाल बुढा मगर
११. सदस्य – कृष्ण लिम्बु
१२. सदस्य – बिपिन मगर
१३. सदस्य – निर्मल ओलि (विश्वास )
१४. सदस्य – राकेश ओलि
१५. सदस्य – शेखर राई
१६, – सदस्य – स्पन्धन राई
आसन्न पहिलो बैठकबाट ३ जना थप गरिने बताइएकाे छ । उक्त कमिटी चयन भए पश्चात् निवर्तमान अध्यक्ष आदर्श मगर बाट सपथ ग्रहणको साथै निवर्तमान अध्यक्ष आदर्श मगरलाई संगठनको कुशल नेतृत्व र संगठन प्रतिको त्याग समर्पणको मुल्यांकन गर्दै सम्मान पनि गरिएको छ ।
निवर्तमान अध्यक्ष आदर्श मगर छिटै स्वदेश फर्किनुपर्ने भएकोले भिसा समस्याका कारण १६ महिना मै विशेष अधिवेशन गर्नुपरेको उक्त कमिटिका प्रवक्ता प्रकाश कार्किले बताए ।
प्रतिक्रिया दिनुहोस