पौष १२, रोल्पा। प्रधानमन्त्री केपी ओली पक्षबाट भर्खरै केन्द्रिय सदस्यमा मनोनित भएकी रोल्पाकी ईश्वरी जीएमले नेकपा कार्यकर्ताबाट ज्यान मारिदिने धम्कि आएको बताएकी छिन् । १० बर्षे जनयुद्धमा सहभागी भएका नेकपाकै जिम्मेवार व्यक्तिहरुबाट फेसबुक म्यासेन्जरमा धम्कि दिंदै भोट माग्न गाउँ आए खु’कुरीले छ्प्का’ई दिने र’गतको खोलो बगाई दिने धम्कि दिएको उनले आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट गरेकी छिन।
१० बर्षे शसस्त्र द्वन्दको झल्को दिनेगरी हर्कतलाई कायरता प्रदर्शन गरेको बताएकी छिन । पुर्वमाओबादी कार्यकर्ताहरुलाई उत्तेजित र उत्ताउलो तरिकाले प्रस्तुत नहुन आग्रह गर्दै भनेकी छिन्, ‘१० बर्षे शसस्त्र द्वन्द्वकालमा राेल्पालाई तपाईंहरुले राजधानी र माओवादि किल्लाकाे रुपमा घाेषणा गरेपनि २०७४ सालकाे स्थानीय निर्वाचनमा १० तह र ७२ वडामध्ये तत्कालीन एमालेले २ वटा गाउँपालिका सहित ११ वटा वडा र नेपाली कांग्रेसले पनि १ गाउँपालिका सहित १२ वडा, स्वतन्त्र २ वडाहरु जितेर तपाईंहरुले साेचे जस्तो राेल्पा क्लिन स्विपकाे सपनालाई भत्काईदिसकेका छन्।’
हिजो दम्भ र धम्किपूर्ण ब्यबहारले १० बर्षे पिरियडमा जनता तर्सिएर शान्ति प्रक्रियामा आउँदा समर्थन गरे पनि आज जनताले सत्य छुट्याउने हिम्मत राखेको महिला नेत्री जीएमले बताएकी छिन।
जनता जनार्दन भएको बताउदै पार्टीकै साथिहरु ताजा जनादेशमा गए सकिन्छाैँ भन्ने भएले सडकमा रमिता देखाईरहदा तिनै सडक तलमाथिका गाउँ बस्तीहरुमा पार्टी केन्द्रको निर्देशन अनुसार गाउँगाउँ पसेको जीएमले बताएकी छिन । सडकमा आउनेहरुलाई शसक्त प्रतिकार गर्दै ताजा जनादेशको पक्षमा खुट्टा नकमाएर लाग्न उनले अनुरोध समेत गरेकी छिन ।
हेर्नुहोस उनको भनाई यस्तो छ;
नेकपाकाे पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर (१० बर्षे शसस्त्र द्वन्द्वमा सहभागी भएका ) नेकपाकै कतिपय जिम्मेवार साथिहरुले निर्बाचनमा जाने अभियान सहित गाउँ आए खु’कुरीले छप्काउ’ने, रग’तकाे खाेलाे बगाईदिने जस्तो अत्यन्तै गैरजिम्मेवारपुर्ण म्यासेजहरु म्यासेन्जरमा पठाएर पुनः १० बर्षे पिरियडकै झल्को दिई अाफुलाई बहादुरी देखाईरहनुभएकाे छ तर म त्यसलाई कायरता प्रर्दशन भन्छु । म साथिहरुलाई हार्दिकतापुर्बक र बिनम्रताकापुर्बक यसरी उत्तेजित र उत्ताउलो तरिकाले प्रस्तुत नहुन अनुराेध गर्न चाहन्छु । १० बर्षे शसस्त्र द्वन्द्वकालमा राेल्पालाई तपाईंहरुले राजधानी र माअाेवादि किल्लाकाे रुपमा घाेषणा गरेपनि २०७४ सालकाे स्थानीय निर्वाचनमा १० तह र ७२ वडामध्ये तत्कालीन एमालेले २ वटा गाउँपालिका सहित ११ वटा वडा र नेपाली कांग्रेसले पनि १ गाउँपालिका सहित १२ वडा, स्वतन्त्र २ वडाहरु जितेर तपाईंहरुले साेचे जस्तो राेल्पा क्लिन स्विपकाे सपनालाई भत्काईदिसकेका छन्। त्यसैले हिजाे पनि, अाज पनि र भाेलि पनि तपाईंहरुले देखाउने त्याे दम्भ र धम्किपुर्ण ब्यबहारले १० बर्षे पिरियडमा त जनता तर्सिएर पनि थुरुरु हुँदै भित्र जे भएपनि बाहिरी समर्थन गरेकै हुन् तर शान्तिप्रकृयापछि र अाजका दिनसम्म अाउदा अब जनताले सत्य के हाे? प्रस्ट छुट्याएर खुलमखुला अभिमत प्रकट गर्ने हिम्मत राख्दछन् त्यसैले मेराे म्यासेन्जरमा धम्किका भाषा पठाउन छाेड्नुस् पठाईरहनुभयाे भने स्कृनसट गरेर सामाजिक सञ्जालमा तपाईकाे रुप उघारिदिन म बाध्य हुनेछु।
अन्त्यमा, जनता जनार्दन हुन्। हाम्रा पार्टीका केही साथिहरु ताजा जनादेशमा गए सकिन्छाैँ भन्ने भयले सडकमा रमिता देखाईरहदा हामी ताजा जनादेशमा जान हिम्मत गर्नेवाला नेकपा संस्थापन र एकताकै पक्षमा रहेकाहरु उहाँहरुले रमिता देखाईरहेकाे सडकदेखि तलमाथि र दायाँबायाँ छरिएर रहेका गाउँ बस्तिहरुमा निर्वाचन तयारीका साथ पार्टि केन्द्रकाे निर्देशन अनुसार गाउँ गाउँमा पसिरहेका छाैँ। त्यसैले याे त्याे बहाना र गलत भ्रम छरेर सडक अान्दाेलन नाम दिई जबर्जस्ती उहिलकाे जस्तो बलजफ्ती तरिकाले सडकमा ल्याउन खाेज्नेहरुलाई सशक्त प्रतिकार गर्दै ताजा जनादेशकाे पक्षमा खुट्टा नकमाएर लाग्न म सबैलाई हार्दिक अनुराेध गर्दछु ।
प्रतिक्रिया दिनुहोस