रुकुममा जन्ति बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु, १ जना घाइते


मङ्सिर १२, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका ८ दाजेमा जन्ति बाेकेकाे जिप दुर्घटना हुदा चार जनाकाे घटनास्थलमै ज्यान गएको छ ।

शुक्रबार साँझ राडिबजार बाट जन्ति बाेकेर गएको रा १ झ ५८९ नम्बरकाे जीप राेकेर राखेको समयमा चिप्लिएर दुर्घटना भएको स्थानीयबासिले बताएका छन । गाडीबाट मान्छेहरु झर्दै गरेको समयमा ८ नम्बर वडाको दाजेमा गाडी दुर्घटना भएको हाे ।

घटनामा परेर १ जना घाइते भएका छन । मृतकहरु वडा नम्बर ८ र ७ का रहेका छन । प्रहरी घटना स्थल भर्खरै पुगेकाे हुदा थप विवरण आउन बाँकी छ ।

१२ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको