प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक


मङ्सिर १२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार उक्त पुस्तकमा २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएका छन् । पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वा प्रचण्डले लिएका छन् ।

पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास रहेको प्रकाशन संस्था प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।

प्रचण्डले विभिन्न समयमा तात्कालिक विषयमा पार्टीका धारणा र वर्तमान राजनीतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

४०८ पृष्ठको पुस्तकको मूल्य ५५० रुपैयाँ रहेको छ । पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलमा उपलब्ध हुने जानकारी गराइएको छ ।

प्रचण्डले पुस्तक प्रकाशनका निम्ति खट्ने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका छन् ।

१२ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको