कोरोनाले हिजो दाजुको ज्यान गयो, आज भाइको


मङ्सिर १२, काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका दुई जना दाजुभाइको केही घन्टाको अन्तरमै मृत्यु भएको छ।

नोबेल मेडिकल कलेजमा उपचाररत् मोरङको लेटाङ नगरपालिका-१ का ६३ वर्षीय ईश्वरी कोइराला र ७१ वर्षीय गोपाल कोइरालाको मृत्यु भएको हो।

ईश्वरीको शुक्रबार बिहान ११ बजे र गोपालको बिहीबार बिहान ४ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

मृत्यु भएकामध्ये ईश्वरी कांग्रेस महासमिति सदस्य हुन्। उनी फोक्सोका बिरामी थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २ गते नोबेलमा भर्ना गरिएको थियो। भर्नापछि पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

उनलाई कोभिड वार्डमा राखेर प्लाज्मा थेरापीमार्फत उपचार पनि गरिएको थियो । ९ गते उनको रिपोर्ट नेगेटिभ आएको थियो। श्वासप्रश्वासको समस्या नहटेपछी उनलाई आइसियूमा राखेर उपचार गरेपनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनका दाजु गोपाल ५ गते भर्ना भएका थिए । उनि सुगर र प्रेसरबाट पिडित थिए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई पनि आइसियूमा राखिएको थियो ।

कोइरालाका चार दाजुभाइमध्ये गोपाल जेठा र ईश्वरी साइँला हुन् ।

१२ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको