दाङका केसीको जम्मु कश्मीर भीडन्तमा परि मृत्यु


मङ्सिर १२, दाङ । भारतको जम्मुकश्मीरमा भएको भिडन्तमा दाङका एक जनाको मृत्यु भएको छ ।

भिडन्तमा परेर शुक्रबार बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको मृत्यु भएको हो ।

शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गोली चलाएको हो ।

मृतक केसी विगत १४ बर्ष देखि ‘ईन्डियन आर्मी’को रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले बताएको छ । उनका दाजु नाता पर्ने तुलसी केसीका अनुसार शब लिन उनका आफन्तर जम्मु कश्मीर पुगेका छन् ।

प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन्। प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।

१२ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको