रामेछाप काठमाडौ सिर्जनसिल समाजद्वारा एकल तथा विपन्न महिलालाई खाद्यान्न वितरण


 

रामेछाप, ९ कात्तिक । “रामेछाप काठमाडौं सिर्जनसिल समाज“ नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राको सभा हलमा “एकल महिला तथा विपन्न “ १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ ।

“सामाजिक एकता प्रवर्द्धन गर्दै सुशासनयुक्त समृद्ध समाज निर्माण गरौँ, एकताबद्ध उन्नत प्रयासद्वारा सामाजिक सेवा र मानवीय हित अभिवृद्धि गरौँ“ भन्ने मुल नाराका साथ २०७३ साल कात्तिक १३ गते रामेछाप स्थायी घर भई विभिन्न सिलसिलामा जिल्ला बाहिर रहेका युवाहरुको औपचारिक भेलाबाट गठन भएको यो संस्थाले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र यस वर्ष पनि कोभिड (१९( कोरोना भाइरस)लाई मध्यनजर गर्दै वृहत् कार्यक्रम गर्न नसकेपनि एकल तथा विपन्न महिलाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको संस्थाका संयोजक कृष्णहरी बुढाथोकीले जानकारी दिए ।

सिर्जनसिल समाजले गरेको खाद्यान्न वितरण सहयोग कार्यक्रममा प्रति व्यक्ति ३० केजी चामल (१ बोरा) ,१ केजी नुन, १ केजी चिनी , १ केजी दाल र १ लिटर तेल रहेको थियो ।

वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीको नेतृत्वमा समाजले एकल तथा विपन्न महिलाहरूको नामावली छनोट गरेको थियो । मन्थली नगरपालिका वडा नम्बर १२ का २० भन्दा बढि एकल तथा विपन्न महिलाहरुको नाम सुचि तयार गरिएपनि कार्यक्रममा उपस्थित १६ जनालाई खाद्यान्न वितरण गरिएको र वडामा थप त्यस्ता ब्यक्ति कोहि भए पुनः समेटेर खाद्यान्न वितरण गरिने समाजका संयोजक कृष्णहरी बुढाथोकीले जानकारी दिए ।

उक्त कार्यक्रमका लागि केही आर्थिक सहयोग समाजका समाजसेवीहरुबाट सहयोग प्राप्त भएको र बाँकी रकम संथाका आजीवन सदस्यहरुको ट्रस्टबाट प्राप्त ब्याज रकमबाट खर्च गरिने सिर्जनसिल समाजका संयोजक बुढाथोकीले जानकारी दिए ।

वडा प्रतिनिधि एवम् ,कार्यक्रमका प्रमुख अतिथि लिला बहादुर बुढाथोकी र समाजका संयोजक कृष्णहरी बुढाथोकीले संयुक्त रुपमा एकल तथा विपन्न महिलाहरूलाई खाद्यान्न वितरण गरेका थिए। उक्त कार्यक्रममा वडाका एकल तथा विपन्न महिलाहरु मध्ये कृष्णा कुमारी बुढाथोकी ,हीरादेवी मिजार,मनमाया बुढाथोकी ,छत्रमाया भुजेल,जानुका भुजेल,मान कुमारी पाण्डे ,विष्णुमाया सार्की ,नन्द माया खत्री ,कल्पना पहरी ,ठुलिमाया पहरी ,मैया चौहान, दिल कुमारी खत्री ,निरुता भुजेल,रत्नमाया मिजार,राधे मिजार र मिना कार्की सहित १६ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रामेछाप काठमाडौ सिर्जनसिल समाजका संयोजक कृष्णहरी बुढाथोकी , समाजसेवी कर्ण बहादुर पाण्डे ,सिर्जनसिल समाजका आजीवन सदस्य तथा श्री माध्यमिक विद्यालय सिक्रालका प्रअ पवनराज खड्का ,संस्थाका आजीवन सदस्य तथा प्रमुख सल्लाहकार लवहरी बुढाथोकी र वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीले आफ्नो मन्तव्य राखेका थिए ।

सिर्जनसिल समाजका आजीवन सदस्य तथा पत्रकार प्रविण अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीको रहेको थियो भने विशेष अतिथिका रुपमा समाजका प्रमुख सल्लाहकार,आजीवन सदस्य तथा समाजसेवी लवहरी बुढाथोकी रहेका थिए। त्यस्तै अतिथिहरुमा समाजका आजीवन सदस्य एवम् श्री माध्यमिक विद्यालय सिक्राल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुसहरी बुढाथोकी , समाजका सदस्य ध्रुव ,बुढाथोकी ,समाजकी सह(संयोजक सुमना बुढाथोकी ,दिपक गम्भीर सिंह अधिकारी ,दामोदर पाण्डे ,पुर्षोतम बुढाथोकी ,रामहरी बुढाथोकी ,भालु वतासे सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

 

११ कार्तिक २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको