भुवन सागर मगरको तिहार कोसेली ‘खेलेर देउसी र भैलो’ सार्बजनिक


कार्तिक ११, २०७७ । नेपालीहरुको महान चाड तिहार नजिकै आइसकेको छ । केटुकी फुल र हजारी फूलले घर आँगन रंगिएको छ । देउसीभैलो खेल्न गाउँ शहरमा रहरेहरु तम्तयार भएर बसिरहेको वेला गायक तथा सर्जक भुवन मगरको ‘खेलेर देउसी र भैलो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका पबित्रा मगरको अफिसियल यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा भुवन मगर स्वयमंको शब्द तथा लय रहेको छ भने स्वरमा गायक भुवन सागर मगर, चुमान काउछा मगर र पबित्रा मगरको स्वर रहेको छ भने संगीत चुमान काउछा मगरको रहेको छ ।

भिडियोमा याम गुरुङ, निर आले मगर, प्रिया मगर र निर्मला ओलीको अभिनय रहेको छ । अमर सुनारले म्युजिक भिडियोको निर्देशन गर्नुभएको छ भने राम सिहं भाटको छायाकंन रहेको छ । लोकेश भाटले भिडियो सम्पादन गर्नु भएको छ ।

२०७७ कार्तिक ११,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको