जनताको असल साथी नेपाल प्रहरी


             गीत

हामी प्रहरी……हामी प्रहरी
जनताको असल साथी ……नेपाल प्रहरी

चाडवाडमा रमाइलो उल्लास छ घर घरमा
त्यो भन्दा नि जिम्मेवारी ठूलो छ काँधमा
नागरिकको सेवामा अहोरात्र खटिन्छौ
जनताको खुशीमा नै हामी रमाउछौ

हामी प्रहरी……हामी प्रहरी
जनताको असल साथी ……नेपाल प्रहरी

सुखदु:ख बाडेर ब्यारेकमै रमाउछौ
मिलीजुली ड्युटी गर्दै हामी सेवा पुर्याउछौ
आमाबुवा दाजुभाइ दिनुहोला आशिर्वाद
सुरक्षालाई मजवुत पार्छौ मान्नुहोला चाड

हामी प्रहरी……हामी प्रहरी
जनताको असल साथी …नेपाल प्रहरी

रितिथिति संस्कृति हामी सबको गहना
अनेकतामा एकता नै हाम्रो चाहना
दु:खकष्ट नपरोस है कसैलाई नि चाडमा
सुख शान्ति समृद्धिको शुभकामना

हामी प्रहरी……हामी प्रहरी
जनताको असल साथी ……नेपाल प्रहरी

गीतकार नरेशराज सुवेदी रोल्पा जिल्लाका प्रहरी नायव उपरिक्षक हुनुहुन्छ

११ कार्तिक २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको