वडा अध्यक्ष सहित १२ जना जुवा खेल्दाखेल्दै पक्राउ

सांकेतिक तस्बिर

कात्तिक ११, बुटवल । गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्।

गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो ।

वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन् । रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनिहरुलाई सोमबार राती पक्राउ गरिएको हो । उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका भएको रावलले बताए ।

११ कार्तिक २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको