रोल्पाको गंगादेव गाउँपालिकाले असोज १८ गते देखि विद्यालय संचालन गर्ने


असोज ११, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाले असोज १८ गते देखि विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।

गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षता बसेको बैठकले कोभिड १९ का कारण बन्द रहेका गाउँपालिका भित्रका सबै विद्यालय असोज १८ गते आइतबार देखि संचालन गर्ने निर्णय गरेको छ ।

बिद्यालयमा शिक्षण सिकाइलाइ ब्यवस्थित गर्न सामाजिक दुरी कायम गर्ने, सानिटाइजर प्रयोग, मास्कको प्रयोग, बिद्यालयमा प्रबेश गर्दा अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने बिषयमा समेत सहजिकरण गर्ने निर्णय गरेको गाउँपालिकाका प्रेस संयाेजक अशोक वलीले जानकारी दिए ।

बैठकमा गाउँपालिका उपाध्यक्ष रिता घर्ती, वडाध्यक्षहरु र शिक्षा शाखा प्रमुख शेर बहादुर डाँगीको उपस्थिति रहेको थियो ।  विद्यालयलाई लामो समय बन्द गरेर राख्दा विद्यार्थिमा मानोबैज्ञानिक असर पर्ने  र शिक्षा मन्त्रालयको निर्देशिकाअनुसार कुनै पनि मापदण्डले मेल नखाए पछी विद्यालय खोल्न लागिएको बताइएको छ  ।

यस अघि गाउँपालिकामा ८ जनामा कोरोना भाइरस देखिएको भन्दै असोज ४ गते देखि १० गतेसम्म गाउँपालिकाभर निषेधाज्ञा जारि गरिएको थियो ।

११ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको