असोज ११, काठमाडौं । आइतबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा धेरै छन्।
काठमाडौं उपत्यकामा थप ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस दिन देशभर १ हजार ५७३ जनामा कोरोना पुष्टि भएको छ।
उपत्यकामा थपिएकामध्ये काठमाडौं जिल्लाका ६ सय ३३ जना, भक्तपुरका ७२ जना र ललितपुरका १०४ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
हालसम्म देशभर ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५३ हजार ८ सय ९८ जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ८ सय ८५ जना निको भइ घर फर्किएका छन्।
संक्रमणबाट नेपालमा अहिलेसम्म ४ सय ७७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कुन जिल्लामा कति थपिए ? हेर्नुस विवरण
प्रतिक्रिया दिनुहोस