कोरोना संक्रमणबाट उपत्यकाका ५ सहित थप १० जनाको निधन


असोज ११, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबात थप १० जनाको निधन भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा, रुपन्देही र अछामका १÷१ जना रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

यस्तै आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ ।

तीमध्ये ५३ हजार ८ सय ९८ जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ८ सय ८५ जना निको भइ घर फर्किएका छन् ।

२०७७ आश्विन ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको