भदौ ११, रोल्पा । गंगादेव गाउँपालिका रोल्पाको सुखाओडार, झाक्रीसल्ला-झ्याम सडक सुचारु भएको छ ।
भदौ ३ गते देखि लगातार ३ दिन परेको भारी बर्षाले उक्त सडकमा ब्यापक क्षति पुर्याएका कारण सडक अबरुद्ध भएको थियो । उक्त सडकखण्डमा सडकको तल माथिबाट पहिरो गएको थियो भने खोलाहरुमा कल्भट नहुँदा र पानीको ढल निकास नहुँदा ठुला ठुला चिरा परेका थिए ।
गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख रमेश डाँगी लगाएत प्राबिधिक टोलीलाई खटाएर गाउँपालिकाको र व्यक्तिको गरेर २ ओटा डोजर लगाएर सडक मर्मतको काम थालनी गरिएको थियो ।
केहिदिन अघि मात्र गाउँपालिका र वडा जोड्ने मुख्य सडक सुचारु गर्न गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले सबै वडाध्यक्षहरुलाई निर्देशन दिएका थिए ।
सडक मर्मतको काम सकिएसंगै गाउँपालिकालाई दाङ तुलसीपुरसंग जोड्ने सुख्खावडार, झाकृसल्ला-झ्याम सडक सुचारु भएको गंगादेव गाउँपालिका -३ का वडाध्यक्ष जलेश कुमार केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस