साउन १२, काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ ।
आज एक भारतीय नागरिकसहित ३ जनाको मृत्यु भएको छ | यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ | स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । योसँगै १३ हजार ७५४ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ३७९ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस